विश्व बैंकद्धारा युक्रेनलाई १ अर्ब ४९ करोड डलर सहयोग

काठमाडौं, २५ जेठ । विश्व बैंकले युक्रेनलाई थप १ अर्ब ४९ करोड अमेरिकी डलरबराबरको आर्थिक सहयोग स्वीकृत गरेको छ।

विश्व बैंकले युक्रेनका सरकारी तथा सामाजिक कार्यकर्ताको तललगायतका क्षेत्रमा खर्च गर्नको लागि उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

यससँगै समग्रमा विश्व बैंकले अहिलेसम्म युक्रेनलाई ४ अर्ब डलरभन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराइसकेको छ।

विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै अहिले युक्रेनलाई दिइएको आर्थिक सहायता बेलायत, नेदरल्याण्ड्स, लिथुवानिया र लाटिभाले गरेको आर्थिक प्रतिबद्धताबाट जुटाइएको हो। त्यस्तै यो योजनामा इटाली र मल्टि डोनर ट्रस्ट फण्डले पनि आर्थिक सहयोग गरेका छन्।

युक्रेनले आगामी दिनमा सामान्यरुपमा सरकार चलाउन मासिक ५ अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहायता आवश्यक पर्ने बताउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here