ओलीलाई वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ।

नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग संवाद गरेका हुन्।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

गौतमले बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरे ।

‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए।

गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागि पर्ने धारणा राखे।

तत्कालीन नेकपालाई फुटबाट जोगाउन त्यतिबेला अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले रातदिन गौतमलाई फकाउने प्रयास गरेका थिए। यद्यपि, नेता गौतम दुवैतर्फ नलागी तटस्थ बसिरहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here