मन्त्रिपरिषद् पुनर्गठन: जसपाका तीन मन्त्री फेरिए, सपथ साढे ४ बजे

फाइलफोटो

काठमाडौं, २० असार । मन्त्रिपरिषद पुनर्गठन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्।

जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो।

सपथ सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here