‘अब चाहिँ अति नै भयो’ त्यसैले म संसदमा बोल्न उभिएको हुँ, यथार्थ कुरा बाहिर ल्याउनुपर्‍यो

काठमाडौं, २० असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् ।

एसपीपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको पनि ओलीको भनाई छ । उनले प्रचण्डको आरोप भ्रमपूर्ण रहेको जिकिर गरे ।

उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ ओलीले एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराइएको दाबी गरे ।

सरकारले यथार्थ कुरा बाहिर ल्याउनुपर्यो। जस्तो एसपीपीको विषय के होरु एकजना सत्तापक्षका नेताले मेरै पालामा आएको थियो र पछि हामीले रद्द गरेको भन्नुभयो,’ उनले भने, ‘यस्तो भ्रम राज्यमा बसेका नेताहरुले गर्न पाउँदैनन्।

‘म चुनौतीका साथ के भन्न चाहन्छु भने २०७२ साल भदौं २४ गते संविधान जारी हुनु भन्दा १० दिन अगाडि नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिताका सम्बन्धमा पत्राचार गरेको रहेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here