एनिमेसन स्टुडियोमा आगाे लगाइँदा जापानमा २६ को मृत्यु, एक पक्राउ

स्रोतः बिबिसि

काठमाडौं, २ साउन । जापानको क्योटो शहर स्थित एक एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २६ जनाको मृत्यु भएकाे छ ।

त्यस्तै अन्य ३६ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

स्टुडियाेमा योजनाबद्ध रुपमा आगजनी गराइएकाे अनुमान प्रहरीले गरेकाे छ । आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले एक शंकास्पद ४१ वर्षिय व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीकाे छ ।

सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले जानकारी दिएका छन् ।

सो आगजनीमा मारिएका प्रायः व्यक्ति स्टुडियामै कार्यरत कर्मचारीहरू रहेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here