काठमाडौं, २२ असार । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ नसुन्ने भएको छ।
बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हो।
एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईले भने- ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन, हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’
आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।
बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।






















