एमालेप्रति लक्षित गर्दै शर्माले भने-‘ म अर्थमन्त्रीकै हैसियतमा बोल्छु, के कारणले अनैतिक भएँ’ ?

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन बनाएपनि एमालेले संसद बैठक बहिष्कार गरेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आफुमाथी उठेका प्रश्नहरुको जवाफ दिन संसदमा पुगेका बेला एमालेले भने उनले अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नसक्ने भन्दै बैठक बहिष्कार गरेको हो ।

एउमाले नेता योगेश भटटराईले अर्थमन्त्रीका रुपमा मात्र नभई पूर्व अर्थमन्त्रीका रुपमा समितिले अव बयान लिने भन्दै उनले अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नपाउने बताएका थिए ।

भटटराईले अर्थमन्त्रीका रुपमा जर्नादन शर्मालाई नस्वीकार्ने बताएपछि एमाले सांसदहरु बैठक छोडेर हिडेका थिए ।

तर, शर्माले आफू अर्थमन्त्रीकै हैसियतमा संसदमा सम्बोधन गर्न उपस्थित भएको बताएका छन् ।

नेकपा एमालेले अथर्मन्त्रीको हैसियतमा सम्बोधन गर्न नपाउने अडान राखेपछि उनले पनि आफू पनि अर्थमन्त्रीकै हैसियतमा उपस्थित भएको बताएका हुन् ।

संसदमा बोले क्रममा उनले भने ‘मैले संसद आएर के कारणले बोल्न नपाउने ? मैले कोरोनामा छटपटिएका जनताविरुद्धमा काम गरेँ कि ! मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले अनैतिक भएँ ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here