बाजुराको बूढीगंगामा जारी पुनः मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद, प्रहरीद्वारा हवाइ फायर

काठमाडौं, २३ असार बाजुराको बुढीगंगा नगरपालिकामा जारी पुनः मतदानमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।

तनावपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको अहिले स्थिति शान्त भएपछि पुनः मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो।

त्यसपछि एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here