पाँचतारे हाेटल ब्राण्ड मेरिएटको नेपालमा डेब्यु, सञ्चालनमा आयाे काठमाडौं मेरिएट

काठमाडौं, २ साउन । काठमाडौंको नक्सालमा पाँचतारे ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ ।

एमएस ग्रुपको ४ अर्ब भन्दा बढीको लगानीमा होटल सञ्चालनमा आएको हो ।

यससँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको कम्पनीले जानकारी दिएको छ ।

‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ’, होटलको सेवा उदघाटन कार्यक्रममा मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, ‘हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।’

आकर्षक डिजाइनमा बनेको होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । होटलको सिलिङ्गमा ५०० केजीको घण्टी झुन्ड्याइएको छ र स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ ।

२१४ वटा कोठाहरु भएको होटल भवनले मेरिएटको आधुनिक डिजाइनलाई प्रतिबिम्बित गर्दछ ।

कार्यक्रममा काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, ‘काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं ।’

होटलमा चारवटा रेष्टुरेन्ट रहेका छन् । जसमध्ये अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचनमा लाइभ कुकिङ्ग किचनको साथमा स्थानीय र अन्तर्राष्ट्रिय खानाको स्वाद लिन सकिन्छ ।

त्यस्तै एशियन विशेषता भएको एडमामी रेष्टुरेन्टले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ ।

म्युजिक बार रक्सीले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज म्यूजिक सेसन पनि आयोजना गर्दछ ।

यसैगरी कफीको लागि काठमाडौं बेकिङ किचन रहेको छ जहाँ स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफी आधारित पेय पदार्थ पाइन्छ ।

७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल भएको दाबी गरिएको छ ।

आफ्नो लोकेसन धेरै राम्रो स्थानमा भएको र यात्रीहरुले होटलबाट केहि पैदलको दुरिमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर भ्रमण गर्दै स्थानीय बजारमा किनमेल गर्न र घुम्न सक्ने पनि होटलले जनाएको छ ।

विश्वभरका ६५ देशहरुमा ५०० भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको र पछिल्लो पीढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको होटल चेन भएको पनि कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here