शोधनान्तर घाटा करिब ९१ अर्ब, गत वर्षका ११ महिनामै शोधनान्तर स्थिति घाटामा

काठमाडौं ३, साउन । गत आर्थिक वर्षको ११ महिनामा अर्थतन्त्रले करिब ९० अर्ब ८३ करोड रुपैयाँ शोधनान्तर घाटा व्यहोरेको छ । सो आवधिमा आयात उच्च दरले बढनुका साथै निर्यात वृद्धिदर न्यून भएपछि शोधनान्तर घाटा उच्च बनेको हो । गत वर्षको ११ महिनामा यस्तो घाटा ४ अर्ब ३४ करोड रुपैयाँ थियो ।

शोधनान्तर घाटा बढ्नु भनेको नेपाल भित्रिने भन्दा बाहिरिने मुद्रा धेरै हुनु भन्ने हो । यो आर्थिक वर्षका सबै महिनामा शोधनान्तर स्थिति घाटामा छ । विदेशी लगानी बढन नसक्नु, पर्यटनबाट ठूलो आम्दानी नहुनु, विदेशी सहायता कम हुनु आदि कारणले शोधानान्तर स्थिति चापमा रहेको छ ।

राष्ट्रको चालु खाता घाटा पनि निरन्तर बढेर २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here