दुबई–काठमाडौं रुटमा अब दैनिक उडान, दिल्लीमा पनि थपियो

४ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले यूनाइटेड अरव इमिरेट्स (दुबई)मा उडान संख्या दोब्बर पारेको छ । गत १५ जुलाईदेखि काठमाडौं दुबई रुटमा दैनिक एक उडान शुरु गरिएको छ ।

यसअघि यहाँ साताको तीन उडान मात्र हुने गरेको थियो । यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै निगमले उडान थपेको उल्लेख गरेको छ ।

नेपाली कामदार यस रुटका मुख्य यात्रु हुन् । नेपाल एयरलाइन्सले दैनिक उडान थालेसँगै अब दुबईमा नेपाली यात्रुलाई सहज हुने भएको छ ।

उता, निगमले भारतको राजधानी नयाँ दिल्लीमा उडान संख्या साताको १७ पुर्याएको छ । उक्त मितिबाट थप तीन उडान शुरु भएको हो ।

नयाँ दिल्लीमा यसअघि साताको १४ अर्थातः दैनिक दुई उडान भइरहेको थियो । भारत र नेपालबाट उत्तिकै संख्यामा दिल्ली–काठमाडौं उड्ने भएकाले यहाँ पनि निगमले पर्याप्त बजार पाइरहेको छ ।

खासगरी जेट एयरको उडान रद्द भएपछि त्यो बजार नेपाल एयरलाइन्सको हिस्सामा आइरहेको छ । यी गन्तब्यहरुमा निगमले यात्रुको चाप हेरी वाइडबडी या न्यारोबडी दुबै जहाज प्रयोग गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here