साफ यू–२० च्याम्पियनसिप: भारतको जितले नेपाल बाहिरियो

काठमाडौं । लिग चरणको अन्तिम खेलमा आयोजक भारतले माल्दिभ्सलाई हराएपछि नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा मंगलबार राति भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हराएसँगै नेपाल बाहिरिएको हो ।

भारतको जितमा गुर्किरात सिंहले खेलको अन्तिम समयमा निर्णायक गोल गर्नुभएको थियो । यसअघि बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल पुग्ने झिनो आशा राखेको नेपाल भारतको जितसँगै बाहिरिएको हो ।

यदि माल्दिभ्सले भारतलाई हराएको भए नेपाल फाइनलमा पुग्ने थियो ।

उपाधि जित्ने लक्ष्यका साथ भारत गएको नेपाली युवा टोलीका लागि लिग चरणको तेस्रो खेलमा भारतसँग ८–० गोलको हार खेल्नुनै महंगो भयो ।

नेपालले तेस्रो स्थानमा चित्त बुझायो । फाइनलमा भारत र बंगलादेशबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । श्रीलंका र माल्दिभ्स पनि बाहिरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here