काठमाडौं । गीतकार रमेश बिजीको शब्द तथा बद्री पंगेनीको स्वरमा तीज गीत सार्वजनिक भएको छ । ‘भाइले बोलयो, भएँ फुरुक्क’ भन्ने गीतमा बद्री पंगेनीलाई कविता अर्यालले साथ दिएका छिन् ।
गोविन्द पंगेनीको संगीत रहेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियोमा अभियन महेन्द्र गौतम, भेष केसी र सरला श्रेष्ठले गरेका छन्। म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन्।