दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ६’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ तीज गीत ल्याएका छन्। थापाकोे नयाँ तीज गीत ‘बीच्च बीच्चमा ६’ सार्वजनिक भएको हो। गीतमा दुर्गेशको शब्द संगीत रहेको छ भने उनले नै गीतमा स्वर दिएका छन्।

यसअघिको गीतमा पटक पटक विवादमा परेका थापले अहिले भने सामाजिक विषयवस्तु उठान गरेर गीत ल्याएका छन् ।

सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् ।

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । उनी म्युजिक भिडियोदेखि स्टेज कार्यक्रममा निकै व्यस्त मानिन्छन् ।

तर आफूले सिर्जना गरेका र गाएका गीतका कारण उनी हरेकपटकजसो विवादमा पर्ने गरेका छन् ।

‘बीच्च बीच्चमा’को थेगोमा दुर्गेशले दुई वर्षअघि चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत गाएका थिए । जुन गीतको प्रयोग भएको एउटा लाइनका कारण उनी आलोचित बन्नुपरेको थियो ।

तिहार गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here