चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर रिलिज

काठमाडौं । नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर रिलिज भएको छ ।

सुदर्शन थापा निर्देशित रहेको चलचित्रको ट्रेलर शुक्रवार रिलिज भएको हो चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ ।

ट्रेलरमा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । सोनम र पूजाको प्रेममा आकाश आउँदाको संघर्ष चलचित्रको कथावस्तु हो । मरिस्का पोखरेलको केमियो पनि देख्न सकिन्छ ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानले संगीत दिएका छन् ।

शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर, अर्जुन जीसीको सम्पादन रहेको चलचित्रको सहनिर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिश खकुरेल र अंकित गौतम छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here