निहारिकाको आन्दोलनमा बालेनको ऐकिवद्धता : कानूनी राज्य यस्तो हुँदैन

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतको आन्दोलनमा ऐकिवद्धता जनाएका छन् ।

शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गर्दै ऐकिवद्धता जनाएका हुन् ।

भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् ।

‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ उननले लेखेका छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here