संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

????????????????????????????????????

काठमाडौं, ६ साउन । सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम स्थापना भएको छ ।

सभामुख कृष्णबहादुर महराले सोमबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरे ।

उद्घाटन गर्दै सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसद तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए ।

कार्यक्रममा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सशि श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सासंद, संसद सचिवालयका सचिवहरुको सहभागिता थियो ।

बैंकको देशभर २ सय २२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here