राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौं, २ भदौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्।

राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको नागरिकता विधेयक संसदमा पुनरविचारका लागि प्रस्ताव प्रस्तुत गरेका हुन्।

संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।

तर राष्ट्रपति भण्डारीले १५ बुँदै सन्देशसहित साउन २९ गते साँझ उक्त विधेयक संसदमै फिर्ता गरेकी थिइन्। त्‍यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेकै प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेश भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here