राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्।

उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्‍यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’

उनले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here