नेपालको कमजोर ब्याटिङ, कतारलाई मात्र १२३ रनको लक्ष्य

७ साउन, काठमाडौं । कतार विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय गलत सावित भएको छ ।

सिंगापुरमा जारी एसिया क्षेत्रको टी २० विश्वकप छनोट प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित समयमा सबै विकेट गुमाउँदै मात्र १ सय २२ रन जोड्न सक्यो ।
उत्कृष्ट शुरुवात गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा लगातार विकेट गुमायो । अन्तिम बलमा अन्तिम विकेट गुमाएको नेपालले सबै विकेट कतारका नाममा सुम्पिएको हो ।

नेपालका लागि दीपेन्द्रसिह ऐरिले सर्वाधिक ३४ रन जोडे । पारस खड्का र ज्ञानेन्द्र मल्लले २८ र २३ रनको योगदान दिए ।

सोमपाल कामीले ११ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कतारका लागि इकवाल हुसेनले अन्तिम ओभरमा तीन विकेट झारे ।

कतार विरुद्ध नेपाल केही समयमै बलिङमा उत्रने छ । कसिलो बलिङमार्फत कतारलाई हराउन नसके नेपालको विश्वकप खेल्ने सपना निकै कठिन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here