नागरिकता विधेयक पारित गर्न मत विभाजन हुँदै

काठमाडौं, २ भदौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि मत विभाजन माग गरेपछि संसद्मा मत विभाजनमार्फत नै विधेयक पारित गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो।

राष्ट्रपतिले सुझावसहित फिर्ता गरिदिएको विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि नेकपा एमालेले मत विभाजन माग गरेको हो ।

नियमावलीअनुसार २८ जना बढी सांसदले उठेर मत विभाजन माग गरेमा गरिनुपर्ने व्यवस्था छ ।