‘गिरिको निधनबाट देशले एक सच्चा र असल नेता गुमायो, निकै स्तब्ध भएको छु’- प्रधानमन्त्री देउवा

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खवरले निकै स्तब्ध भएको बताएका छन् ।

गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।

कांग्रेसका नेता गिरिको ७५ वर्षको उमेरमा शनिबार राती निधन भएको हो।

स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि गिरिलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। ईसीयूमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३० मिनेटमा उनको निधन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here