प्रदीप गिरिको निधनको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं । नेता प्रदीप गिरीको शोकमा नेपाली कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्युचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतवार, सोमबार र मंगलबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय बैठकले गरेको छ।

बैठकले शोक श्रद्धाञ्जली कार्यक्रमबाहेक पार्टीका अरु सबै गतिविधि स्थगित गर्ने निर्णय पनि गरेको छ । बैठकले सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको पनि पौडेलले बताए।

बैठकले स्वर्गारोहणको १३ औँ दिन भदौ १६ गतेसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here