‘साइकल काण्ड’मा मुछिएका मुख्यमन्त्री राउतलाई राजीनामा दिन दबाब

काठमाडौं, ७ भदौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साइकल खरिद प्रकरणमा मुख्यमन्त्री राउत मुछिएपछि जनता समाजवादी पार्टीका अधिकांश नेताहरूले उनलाई पदबाट राजीनामा दिन दबाब दिँदै आएका छन्।

मुख्यमन्त्री राउतमाथि उक्त अभियानमा सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनको राजीनामासँगै मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार अनुसार अध्यक्ष यादवले शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउन खोजेका छन् ।

राउत २०७४ फागुन २ गते मुख्यमन्त्री बनेका थिए। उनी पर्सा क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद् हुन्। तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट राजपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। दुई पार्टीको एकता भएर जसपा गठन भई फेरि विभाजन भएर दुई पार्टी बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here