चालु पूँजी कर्जामा कडाइ, २ करोड कममा ४० प्रतिशतमात्रै कर्जा (मार्गदर्शनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी ऋणमा कडा गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गर्दै वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु पूँजी कर्जा दुई वर्गमा विभाजन गरेको छ । २ करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ। यद्यपि, बैंकहरुले आफैँले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरेको छ।

यस्तै, २ करोडमाथिको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन पाइने व्यवस्था गरेको छ ।

यस्तो ऋणको अवधि बढिमा एक वर्षको हुने राष्ट्र बैंकले जनाएको छ । तर, बैंकहरुले यसलाई नवीकरण गर्न भने सक्छन्।

ऋणीको लेखापरीक्षण भएको वित्तीय विवरण, चालुसम्पत्ति तथा चालु दायित्व सम्बन्धी यथार्थ विवरण साथै कर्जा सदुपयोगिता तथा चालु पूँजी आवश्यकताको विश्लेषणका आधारमा मात्र चालु पूँजी प्रकृतिका कर्जालाई नवीकरण गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

चालु पूँजी कर्जा नवीकरण गर्दा लिइने शुल्क, ब्याजदर निर्धारण तथा सुरक्षणसम्बन्धी विवरणका साथै नवीकरण गर्न नमिल्ने आधार र अवस्थाको बारेमा ऋणीलाई कर्जा प्रस्ताव पत्रमा पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here