ओलीको प्रतिवेदन: एमाले विरुद्धको घेराबन्दी बढ्दैछ, मुक्त हुन चुनौतीपूर्ण (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितका विविध विषय समेटिएको छ ।

ओलीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको दावी गरेका छन् ।

‘तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

‘स्थानीय चुनावमा एमालेले प्राप्त गरेको मतसँग तर्सिएर अहिले गठबन्धनको संख्या थप्दैछन्। सात पुगिसक्यो अझै कति पुर्‍याउने हुन्। पाँच दल एमालेसँग एक्लै लड्न डराएर संख्या थप्दैछ। तर एमाले एक्लै पनि सफल हुन्छ भन्ने आत्मविश्वास राखेर चुनावमा जान्छ,’ प्रतिवेदन पेश गर्दै ओलीले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here