चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि, कुन वस्तुमा कति छुट ?

फाइलफोटो

काठमाडौं, १७ भदौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।

उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत पसल सञ्चालन हुनेछ ।

उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।

सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी न्यौपानेले जानाकारी दिईन् ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलाे २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ ।

त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here