पोखराबाट जोमसोम उडेको समिट एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको समिट एयर आकस्मिक अवतरण गरेको छ ।

उडेको ६ मिनेटमै जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ।

आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको थियो । चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here