नोकिया सी-२१ प्लस बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ ।

आकर्षक, बलियो, गुणस्तर, विश्वभर प्रसिद्ध यो फोन नेपाली बजारमा सार्वजनिक गरिएको हो । १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशका अनुसार उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी सिरिज निकालेको हो । उपभोक्ताहरूको समस्याहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी २१ प्लस डिजाइन गरिएको छ।

एन्ड्रोइड ११ गो एडिशन मा १३ मेगापिक्सल एचडीआरद्धारा सञ्चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु उनले भने ।

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री

आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सीट्वेन्टीवान प्लस ५ हजार ५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ । यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ । त्यस्तै यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि आइपीफाइच टु मूल्याङ्कन गरिएको छ।

स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सी सिरिजको हिस्सा भएको नोकिया सी ट्वेन्टीवान प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ ।

थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्षा सुनिश्चित गर्दछ ।

नोकिया सी ट्वेन्टीवान प्लस एन्ड्रोइड इलेवेन, एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ । न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ । यसमा भएको एचडीआर प्रविधिको १३ मेगापिक्सलको डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here