फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं, २३ भदौ । बिहीबार स्थानीय बजारमा सुनको भाउ तोलाको ९३ हजार ८ सय पुगेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार एक सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्नेढ्ने हुँदा स्थानीय बजारमा यसको प्रभव परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here