चेम्बर अध्यक्ष र साउदी राजदुत बिच भेटवार्ता, श्रम र लगानीका विषयमा छलफल

काठमाडौं, ८ साउन । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृदिका विषयमा छलफल भएको छ ।

चेम्बर अफ कमर्शको सचिवालयमा भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गरे ।

उनले दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यावशायीक अवसरहरुले संंभावना पहिचान गर्नुपर्ने कुरामा जोड दिए ।

उनले आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, बैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भैसकेको जानकारी दिदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताए ।

अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबीयाबाट समेत सहभागिताको लागि अनुरोध गरे ।

कार्यक्रममा नेपालका लागि साउदी अरबियाका राजदुत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताए ।

उनले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने बताए । उनलेदुई देशका उद्यमी व्यवशायी बिचमा द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यावशायीक अवसरहरुले संंभावना पहिचान गर्नसक्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here