औषधि पसलको अनुगमन: म्याद सकिएका र प्रतिवन्धित औषधि फेला

दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयले औषधि पसलहरुको अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा म्याद सकिएका औषधि फेला परेका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालनमा रहेका औषधि पसलहरुमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा गरिएको अनुगमनको क्रममा वडा नं. १ मा रहेको सुरज हेल्थ केयर र वडा नं. ३ मा रहेको किसन विश्वासको औषधि पसलमा म्याद सकिएको र प्रतिवन्धित औषधि फेला परेको छ् ।

दुबै पसलका संचालक भारतिय नागरिक हुन् । म्याद सकिएको औषधि र प्रतिवन्धित औषधिलाई अनुगमन टोलीले नष्ट गरेको छ् ।

दोधारा चाँदनी नगरपालिकामा संचालन भएका प्रतिवन्धित औषधि पसलका संचालकहरुलाई एक साता भित्र पसल संचालनको लागि ईजाजत पत्र नभए कारवाही प्रक्रिया अघि बढाईने रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिए ।

स्थानियहरुको गुनासो आएसंग दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेको औषधि पसलहरुमा दोधारा चाँदनी नगरपालिकाका मेयर , प्रमुख प्रशासकिय अधिकृत, नगरपालिका कार्यालयका सूचना अधिकारी, ईलाका प्रहरी कार्यालय कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाण्डे लगायत अनुगमन टोलीले अनुगमन थालेका छन् ।

एक साता भित्र औषधी पसल संचालनको लागि नेपाल सरकारको ईजाजत पत्र नभए कारवाही अघि बढाईने बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले औषधि पसलहरुमा अनुगमन थाले संग केही अबैधरुपमा संचालन गर्दै आएका औषधी पसलहरु बन्द गरि भागेका स्थानियहरुले बताएका छन् ।

भारतिय नागरिकद्धारा संचालन गरिएको निजी मेडिकल क्लिनिकका संचालकले नागरिकको स्वास्थ्य सुधार भन्दा पनि खेलवाड तर्फ ध्यान केन्द्रित गरेको देखिएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा झण्डै २४ वटा भन्दा बढी औषधि पसलहरु रहेको बताईएको छ् । ग्रामीण भेगमा कानुनी मान्यता नपाएका बंगाली (भारतिय नागरिक) भनिने झोले छाप डाक्टरको कारण स्थानिय नागरिकको स्वास्थ्यमा नराम्रो असर पर्दै आएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ् ।

औषधि पसल सञ्चालन तथा बिरामीको चेकजाँचको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभाग बाट अनिवार्य स्विकृति लिुनपर्ने भएको कारण दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेका केही पसलहरु अनुमति नलिइ संचालनमा रहेको हुँदा नागरिकको स्वास्थ्यमा खेलवाड हुन नदिन पसलहरुलाई बन्द गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यो कदम चालेका छन् । मेयर लिम्बुको यो कदमलाई स्थानियहरुले प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here