कृषि कर्जामा विशेष छुट: सेवा शुल्क लिन नपाइने, ७ दिनभित्रै स्विकृत

सांकेतिक तस्बिर

काठमाडाैं, ९ साउन । बैंक तथा वित्तीय संस्थाबाट १५ लाख रुपैयाँ सम्मको कृषि उद्यम तथा व्यावसाय कर्जा लिनेले ब्याजमा र अन्य शुल्कमा सहुलियत पाउने भएका छन् ।

नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । नीतिमा यस्ताे कर्जामा आधार दरमा २ प्रतिशत मात्रै थप गरी ब्याज लिन पाउने, कुनै प्रकारकाे सेवा लिन नपाउने व्यवस्था गरिएकाे छ ।

नीतिमा भनिएको छ, ‘१५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिनेछ ।’

नीतिले यस्तो कर्जा आवेदन दिएको सात दिन भित्र स्विकृत गर्नुपर्ने र स्विकृत गर्न नसक्ने भए प्रष्ट कारण खुलाएर ग्राहकलाई जानकारी दिनु पर्ने समेत बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here