तोलामै १ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, ३१ भदौ । शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको छ ।

बिहीबार तोलामा ३ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो। आज स्थानीय बजारमा सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ। पछिल्लो ६ महिनामा १४ हजार रुपैयाँले घटिसकेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ११ सय ८० रुपैयाँ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here