पाँचाै व्यवस्थापन तथा आईटी शैक्षिक मेला हुँदै, ३१ कलेजकाे सहभागिता

काठमाडौं, ९ साउन । पाठशाला एजुकेसन फाउन्डेसनको आयोजनामा काठमाडौंमा दुईदिने ‘पाँचौ व्यवस्थापन तथा आईटी मेला २०७६’ आयोजना हुने भएको छ ।

आयोजकले बिहीवार एक पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो ।

यहि साउन १२ र १३ गते बानेश्वर स्थित हिरा बैंक्वेटमा मेला आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने नाराका साथ हुन लागेको मेलामा ३१ शैक्षिक संस्थाहरुको सहभागिता हुने र ४४ वटा स्टलहरु हुने आयोजकले बताएको छ ।

मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआईटी, बिबिए, बिआईटी, बिआईएम, बिएचएम, बिबिआईएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिडिएफआईएन, बिडिईभिएस लगायतका शैक्षिक कार्यक्रम अध्यापन गराउँदै आएका शैक्षिक संस्थाहरुको सहभागिता हुनेछ ।

मेलामा नेपालका ५ वटा विश्वविद्यालय २ वटा सि.ए. र एउटा अन्य विषय अध्ययन गराउने संस्थाबाट सम्बन्धनप्राप्त कलेजहरुकाे सहभागिता रहने आयोजकले बताएको छ ।

यसका साथै अमेरिका, बेलायत, मलेसिया जस्ता देशका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमै विभिन्न कोर्स पढाउने ९ वटा कलेजहरुको पनि सहभागिता रहने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेशनका अध्यक्ष संजय मण्डलले नेपालबाट विदेश पढ्न जाने विध्यार्थीहरुको संख्या कम गर्न यस्तो मेलाले सहयोग गर्ने बताए ।

‘हाम्रो देशको शिक्षा पनि कुनै अन्य देशको तुलनामा कमजोर छैन्’ उनले भने ‘बाहिर पढ्न जाने विद्यार्थीको संख्यामा कमि ल्याउनको लागि यस्तो मेलाले सहयोग गर्छ ।’

४ हजार भन्दा बढी विद्यार्थीहरुले मेलाको अवलोकन गरी आफूले अध्ययन गर्न चाहेको कोर्सको बारेमा जानकारी दिने आयोजकको अनुमान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here