‘प्रचण्ड’का घरबेटीले अलपत्र पारेको सडकको निरिक्षण गर्दै विकास समिति

काठमाडौं, ९ साउन । संसदको विकास तथा प्रविधि समितिले लामो समयदेखि निर्माण पुरा नभइ अलपत्र रहेकाे भक्तपूर नगरकोट सडक खण्डको स्थलगत निरिक्षण गर्ने भएको छ ।

समितिको मंगलबार बसेको ४७ औं बैठकले उक्त सडकको निरिक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्यटकीय स्थल नगरकोट जाने उक्त सडक खण्ड विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम नगर्दा लामो समयदेखि उक्त सडक खण्डमा सवारी साधन आवागमनमा समस्या हुँदै आएको छ ।

३० कराेडमा विस्तारकाे ठेक्का पाएकाे शैलुङ कन्स्ट्रक्सनले चारवर्षमा समेत काम पुरा गरेकाे छैन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समेत रहेक शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले उक्त सडक विस्तारको ठेक्का पाएको थियो ।

सडकको दुरावस्थाको कारण लामो समयदेखि सर्वसाधारण र पर्यटक समेतलाई प्रत्यक्ष असर परेको गुनासो बारम्बार आएपछि विकास समिति सडकको निरिक्षण गर्ने निर्णयमा पुगेको बताइएको छ ।

आँउदो आइतबार उक्त सडकको निरिक्षण गर्ने समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here