रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना सार्वजनिक

काठमाडौं । रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ ।

यो योजना असोज १० गते सुरु हुने छ । यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभि, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत असोज १० देखि कात्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ता छनोट गरिने छ ।

यो योजनामा सहभागि हुनको लागि कम्पनीको वेवसाइटमा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्र्माट्फोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ ।

छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् । ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको फोर के टिभि जित्न सक्नेछन् ।

यो अफर बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here