उम्मेदवारी दर्ता गर्न जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईसँग गोरखा गए प्रचण्ड

फाइलफोटो

काठमाडौं । गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा गएका छन् ।

डा. भट्टराईकै प्रस्तावमा गृहजिल्ला चितवन (निर्वाचन क्षेत्र नम्बर ३) छाडेर गोरखा उक्लिएका प्रचण्ड त्यहाँ भट्टराईको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न भनेको छ।

‘गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा!’

माओवादीले गोरखा- २ मा अध्यक्ष दाहाललाई उठाउने निर्णय गरेको हो। उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here