बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि पछि हटे बादल, काठमाडौंबाट चुनाव लड्न मानेनन्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन् ।

बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो ।

तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here