एमालेकी गंगा चौधरीले दिइन् स्वतन्त्र उम्मेदवारी, मेटमणि र शान्ता चौधरीसँग प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।

एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई उम्मेदवार बनाएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ–१ बाट मेटमणि एमालेका तर्फबाट ३७ हजार ९०८ मतले विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here