४० प्रतिशत दाबी गरेको शेखर पक्षले प्रत्यक्षमा पायो २१ सिट, कुन प्रदेशमा को ?(नामावली)

काठमाडौं । सत्तारूढ दल कांग्रेसभित्र ४० प्रतिशत दाबी गर्दै आएको शेखर कोइराला समूहले २३ प्रतिशत सिट पाएको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार ९१ मध्ये २१ सिट मात्र पाएको देखिन्छ ।

कोइरालाको गृहप्रदेश रहेको प्रदेश १ मा ४ सिट पाएको छ । मधेस प्रदेशमा ४ सिट पाउँदा बागमतीमा ३ सिट मात्र पाएको छ ।

गण्डकी प्रदेशमा ४ सिट पाउँदा लुम्बिनी प्रदेशमा ३ सिट पाएको छ । त्यस्तै, कर्णाली र सुदूर पश्चिम प्रदेशमा पनि २–२ सिट पाएको छ ।

गएको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मतका साथ सभापतिमा दोस्रो बनेका नेता कोइरालाले टिकट ल्याउन नसकेको भन्दै समूहभित्र असन्तुष्टि बढेको छ ।

माओवादीले छाडेपछि शेखर समूहबाट बलबहादुर केसीले पनि टिकट पाएका छन् ।

काेइराला समूहले पाएको सिट

प्रदेश १

मोरङ ६ शेखर कोइराला
मोरङ १ डिगबहादुर लिम्बू
मोरङ ३ – सुनिल शर्मा
सोलुखुम्बु – बलबहादुर केसी

मधेस प्रदेश

सप्तरी ४ – तेजुलाल चौधरी
धनुषामा २ – रामकृष्ण यादव
रौतहट २ – रित्तोद आलम
रौतहट ४ – देवप्रसाद तिमिलसिना

बागमती प्रदेश
काठमाडौं ४ – गगन थापा
नुवाकोट २ – अर्जुननरसिंह केसी
काठमाडौं १० – राजेन्द्रकुमार केसी

गण्डकी प्रदेश

स्याङ्जा २ – धनराज गुरुङ
गोरखा १ – राजेन्द्र बजगाईं

मुस्ताङ – याेगेश गाैचन थकाली

लुम्बिनी प्रदेश

गुल्मी १ – चन्द्र भण्डारी
दाङ ३ – दीपक गिरी
कपिलवस्तु–२ सुरेन्द्र आचार्य

कर्णाली प्रदेश

सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here