अस्ट्रेलियामा विद्यार्थीले फूलटाइम काम गर्न नपाउने

काठमाडौं । अस्ट्रेलियामा रहेर काम गर्ने विद्यार्थीले पूर्णकालिन (फूलटाइम) काम गर्न नपाउने भएका छन् । अस्ट्रेलियाले कोभिड महामारीबीच अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको सो अधिकारमा कटौती गरेको हो ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने निर्णय गरेको छ।

यससँगै आगामी आर्थिक वर्षदेखि अस्ट्रेलियामा अध्ययनका लागि जाने अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने छन्।

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन्। लामो समयसम्म भएको सीमाबन्द, कोरोना संक्रमणका कारण कामदारको अभाव भएकाले सरकारले विद्यार्थीलाई पूर्णकालीन काम गर्न पाउने अधिकार दिएको थियो ।

गृह मन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले कोरोना समयमा दिएको उक्त अधिकार आगामी सन् २०२३ जुन ३०पछि बन्द गरिने बताएको हो ।

मन्त्रालयद्वारा जारी गरेको विज्ञप्ति अनुसार विद्यार्थीलाई विद्यार्थी भिसाका सबै नियमलाई पालना गर्न आग्रह गरिएको छ। त्यसैगरी सन्तोषजनक अध्ययनको प्रगति तथा नियमित कक्षा उपस्थिति हुनुपर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here