टीभीएस एक्सचेन्ज मेला कात्तिक ५ गतेसम्म चल्ने, ग्राहकलाई आकर्षक छुट सुविधा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ सुरु भएको छ।

मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ। यो मेला कात्तिक ५ सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ।

ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा ७ हजार बढीको मूल्य पाउनेछन्।

कम्पनीले भनेको छ, ‘साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ। यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here