मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा अर्बपति उम्मेदवार

तस्बिरः चौधरीको सचिवालय

काठमाडौं । फोर्ब्सको अर्बपति सूचीमा पर्ने एक मात्र नेपाली उम्मेदवार चुनावी अभियानमा लागेका छन् ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा लागेका हुन् ।

चौधरीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को सिसानी, प्रतापपुर क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन् ।

चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् ।

अहिले उनको मुख्य प्रतिस्पर्धी राजनीतिक चतुर खेलाडी हृदयेश त्रिपाठी भएका छन् ।

६७ वर्षीय चौधरीले आफू आर्थिक रुपमा सक्षम भएकाले यो क्षेत्रलाई समृद्ध बनाउन प्रत्यक्ष चुनावमा आएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here