तीन महिनामा लक्ष्यको १४.८७ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च १९ अर्ब

काठमाडौं, १ कात्तिक । चालू आर्थिक वर्षको ३ महिनासम्म राजस्व संकलन पनि सुस्त देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्म लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । चालू वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुवै राजस्वको कुल योग हो ।

कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड र गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदान मात्र ७९ करोड रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो ।

चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा ५.१७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

पूँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने धेरै गरेको छ । ३ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब ७५ करोड चालु खर्च गरेको छ । यो कुल लक्ष्यको १८.९१ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here