एमाले अध्यक्ष ओलीले ४ कात्तिकमा जनतासँग फोनमा प्रत्यक्ष कुरा गर्ने

काठमाडौं, १ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ कात्तिकका दिन जनतासँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘कात्तिक ४ गते, म तपाइको सम्पर्कमा हुनेछु, आउनुस कुरा गरौं ।’ उनले मंगलबार नै देउवालाई खुला प्रत्यक्ष बहसमा सहभागी हुन चूनौति दिएका थिए ।

त्यसका लागि आफु तयार रहेको भन्दै सोधेका थिए, देउवा जी तयार हो ?’ यस्तो अभ्यास निर्वाचनका समयमा विदेशमा हुने उनले स्मरण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here