एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावका कार्यक्रम स्थगित

काठमाडौं । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए । तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन् ।

अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here