टीभीएसको नयाँ ‘ टीभीएस एनटर्क १२५ रेस एक्सपी’ सार्वजनिक यस्ता छन् विशेषताहरू

काठमाडौं । टीभीएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते टीभीएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको हो ।

यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट एक्सचेन्ज एण्ड फाइनान्स मेला’ नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ देखि सुरु भएको यो मेला कार्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन् । साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।

यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here