८ नेपाली विद्यार्थीलाई आईडीपीले दियाे छात्रवृति

काठमाडौँ, १२ साउन । अन्तर्राष्ट्रिय परामर्श सेवा दिने विश्वव्यापी संस्था आईडीपी एजुकेसनले अस्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका ८ नेपाली योग्य र महत्वाकांक्षी बिद्यार्थीहरुलाई अस्ट्रेलियन डलर ५००० को छात्रवृति प्रदान गरेको छ ।

आईडीपी एजुकेसनको अस्ट्रेलिया शैक्षिक मेलामा नेपालका लागि अस्ट्रेलियन राजदूत पीटर बड़ले छात्रवृति पाएका बिद्यार्थीका आमा बुवालाई छात्रवृतिको प्रमाणपत्र हस्तान्तरण गरे ।

शैक्षिक मेलामा अस्ट्रेलियाको ३५ भन्दा बढी विस्वविध्यालय र कलेजहरु सहभागी भएका थिए र सो मेलाको उद्देश्य बिद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुलाई प्रत्यक्ष भेटि बिद्यार्थीले पढ्न जाने विषय र उनीहरुको भविस्यको बारेमा छलफल गर्ने रहेको थियो।

आफ्नो शैक्षिक परामर्श सेवा प्रदान गर्ने कार्यालयको शुरुवात गर्दाको बखतमा घोषणा गरेको छात्रवृतिको उद्देश्य नेपाली बिद्यार्थीहरुको उज्ज्वल भविष्यमा सहायता पुर्याउनु थियो ।

नेपालभरिका सयौं बिद्यार्थीले छात्रवृति का लागि आवेदन दिएका थिए भने छात्रवृति छनोट गर्ने प्यानलले विद्यार्थीको शैक्षिक उत्कृष्टता र अंग्रेजी भाषाको अंक जस्ता आधारमा बिजेता छानिएका हुन् ।

सबै ८ बिजेताहरु हाल अस्ट्रेलियाका प्रख्यात विस्वविध्यालयहरुमा स्नातकोत्तरमा आध्यंरत छन् ।

आईडीपीले अस्ट्रेलिया, अमेरिका, वेलायत्, न्युजिल्याण्ड, क्यानेडा र आयरल्याण्ड का ७०० वटा भन्दा बढी युनिभर्सिट्री र कलेजहरुको प्रतिनिधित्व गर्छ । ५० वर्ष भन्दा बढी अनुभव बटुलेको आईडीपीले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुसँग मात्र सहकार्य गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here