सी जिनपिङ बने तेस्रो पटक चीनको राष्ट्रपति, फेरिए प्रधानमन्त्री

काठमाडौं । सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्।

सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो।

आइतबार सार्वजनिक भएको सीको उक्त टीमबाट अब देशका प्रधानमन्त्री र राष्ट्रिय जनकांग्रेसका अध्यक्ष समेत परिवर्तन हुनेछन् ।

आगामी मार्चमा पविर्तन हुने उल्लेखित पदहरूमा अब को रहनेछ भन्ने पूर्वानुमान गर्न सकिने भएको छ ।

ली क्वेयाङ नयाँ प्रधानमन्त्री बनेका छन्। नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका ली राष्ट्रपति सीका विश्वास पात्र हुन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको नयाँ पोलिटब्यूरो स्थायी समितिमा महासचिव सी जिनपिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।

हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here